२०८१ असोज २२ गते १५:२६ विकासन्युज
काठमाडौं । आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से २७.३९ अंकले घटेर २ हजार ६६३.३२ बिन्दुमा रोकिएको छ ।
यसदिन कारोबारमा आएका दुई सय ७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ३५ वटा कम्पनीको मूल्य भने बढेको छ । दुईवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।
बजार घटेसँगै यस कारोबार रकम पनि घटेको छ । आज १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४५ हजार ८७० पटक किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । हिजो सोमबार ७ अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
बजार घटेपनि आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा बुटवल पावरको मूल्य ६.८३, माण्डु हाइड्रोपावरको मूल्य ६.३१, प्रभु स्मार्ट फण्डको मूल्य ५.९६ र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ५.४४ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, इस्ट्रन हाइड्रोपावरको मूल्य ८.५०, बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ७.२४, नेपाल फाइनान्सको मूल्य ६.९८, बोटलर्स नेपाल तराईको मूल्य ५.८८ र कालिञ्चाेक दर्शनको सेयर मूल्य ५.५० प्रतिशतले घटेको छ ।
आज एनएलजी इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एशिया बैंक र गुडविल फाइनान्सको सेयर कारोबार उच्च रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.