साल्ट ट्रेडिङ कर्पोरेसनको सूपथ मूल्य पसलमा किनमेल गर्दै सर्वसाधारण (फोटो फिचर)

  २०८१ असोज २२ गते १५:५०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो ।

असाेज ८ गतेबाट सुपथ मूल्य पसल सञ्चालनमा आएकाे हाे ।

कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुलगायतका स्थानबाट विभिन्न वस्तुमा छुट उपलब्ध गराइएकाे छ । यसैगरी, चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको जनाएको छ ।

कर्पोरेसनका अनुसार कर्पोरेसनको सुपथ मूल्य पसलबाट प्रतिव्यक्तिले छ केजीसम्म नुन, दुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइएकाे छ ।

चिनी प्रतिदुई केजी २०५ रुपियाँ र नुन प्रतिकेजी २४ रुपियाँमा बिक्री गरिएकाे कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले सञ्चालन गर्ने सुपथ मूल्य पसलका लागि सरकारले एक करोड छुट्याएको छ ।

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादनसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ ।

यस्तै, विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीको बिक्री कक्षहरू राखिएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा सुपथ मूल्य जुत्ता पसल पनि सञ्चालनमा ल्याएको छ ।

साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर, कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको हाे ।

कर्पाेरेसनकाे केन्द्रीय कार्यालयमा पुग्दा विकासन्यूजका फाेटाेपत्रकार साैगात पुडासैनीले त्यहाँका दृश्य क्यामेरामा कैद गर्ने जमर्काे गरेका छन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.