अब एकैदिन ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने

  २०८१ असोज २२ गते १७:१५     विकासन्युज

 

काठमाडौं । अब एकैदिनमा ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकले अस्थायी रूपमा रकम जम्मा गर्न पाउने संख्या बढाएकाे हाे ।

भुक्तानी सेवा प्रदायकहरूका वालेटमा यसभन्दा अगि एकदिनमा १० पटकसम्म मात्र जम्मा गर्न सकिने व्यवस्था थियाे ।

दशैं-तिहार र छठ पर्वकाे अवसरमा राष्ट्र बैंकले दिनमा ३० पटकसम्म रकम जम्मा गर्न मिल्ने व्यवस्था गरेकाे हाे ।

असाेज २१ गतेदेखि कार्तिक १ र कार्तिक १५ देखि २२ सम्म वालेटमा ३० पटकसम्म जम्मा गर्न सकिने राष्ट्र बैंकले जारी गरेकाे परिपत्रमा उल्लेख छ ।

काराेबारकाे संख्या र काराेबारकाे रकम नियमित रूपमा खुलाउनसमेत राष्ट्र बैंकले निर्देशन दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.