ज्योति बैंकको दशैंलक्षित योजना, पैसा ट्रान्सफर गर्दा अतिरिक्त शुल्क तिर्न नपर्ने

  २०८१ असोज २२ गते १८:५१     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले दशैंको उपलक्ष्यमा नि:शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफरमार्फत कुनै पनि बैंकमा पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

अब शून्य रुपैयाँमै फण्ड ट्रान्सफर हुने बैंकले जनाएकाे छ ।

विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको हाे ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.