बेष्ट फाइनान्स मर्जरमा जाने, सेयरधनीलाई बोलायो कात्तिक १४ गते

  २०८१ असोज २३ गते ८:१४     विकासन्युज

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न बेष्ट फाइनान्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रस्ताव साधारण सभाबाट पारित गर्ने भएको हो ।

कम्पनीको २७औँ वार्षिक साधारण सभा कात्तिक १४ गते बिहान ११ बजे नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बोलाएको छ । कम्पनीको सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्ने लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन आर्थिक २०८०/८१ को वाह्य लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने, संचालक समितिबाट रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि गरिएको २ जना संचालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.