२०८१ असोज २३ गते ९:५८ विकासन्युज
काठमाडौं । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाख रुपैयाँभन्दा बढीको हो ।
सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख रुपैयाँ तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाख रुपैयाँको क्षति भएको छ ।
यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख रुपैयाँ, बारामा आठ करोड ५० लाख रुपैयाँ, सिरहामा सात करोड ९० लाख रुपैयाँ, महोत्तरीमा सात करोड ५० लाख रुपैयाँ र पर्सामा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड रुपैयाँ निकासा गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.