नेपाल बैंकका ग्राहकले समाज डेण्टल अस्पतालमा छुट पाउने

  २०८१ असोज २३ गते १०:१०     विकासन्युज

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा छुट दिने उद्देश्यले उक्त छुट सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई विल रकमको १५ प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूलाई १० प्रतिशतले छुट हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.