यी हुन् प्रभु महालक्ष्मी लाइफका १७ ठूला सेयरधनी

  २०८१ असोज २३ गते १५:२६     विकासन्युज

 

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सोरेन्समा १ वा सोभन्दा बढी स्वामित्व रहेका सेयरधनीको संख्या १७ रहेको छ । जसमध्ये ६ जना व्यक्ति र ११ वटा संस्था रहेका छन् ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को विवरणअनुसार सबैभन्दा धेरै सेयर स्वामित्व नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सम्झना अर्यालको रहेको छ । उक्त बैंक र सम्झनाको समान ८.२५ प्रतिशत स्वामित्व तथा ३०/३० लाख कित्ता सेयर रहेको छ ।

यसैगरी, ज्योति विकास बैंकको ७.९० प्रतिशत स्वामित्व तथा २८ लाख ७३ हजार ८५० कित्ता सेयर, प्रभु बैंकको ६.०४ प्रतिशत स्वामित्व तथा २१ लाख ९६ हजार कित्ता सेयर, साग्रिला डेभलपमेन्ट बैंकको ५.३७ प्रतिशत स्वामित्व तथा १९ लाख ५१ हजार ६९५ कित्ता सेयर, नेपाल इन्भेष्टमेन्ट प्रालिको ४.२३ प्रतिशत स्वामित्व तथा १५ लाख ३७ हजार २०० कित्ता सेयर, एक्सेल डेभलपमेन्ट बैंकको ३.३० प्रतिशत स्वामित्व तथा १२ लाख कित्ता सेयर र प्रभु ग्रुपको ५ प्रतिशत स्वामित्व तथा १० लाख ९८ हजार कित्ता सेयर रहेको छ ।

त्यसैगरी, प्रभु इन्भेष्टमेन्ट प्रालिको २.११ प्रतिशत स्वामित्व तथा ७ लाख ६८ हजार ६०० कित्ता सेयर, एनएमबी बैंकको २.०६ प्रतिशत स्वामित्व तथा ७ लाख ५० हजार कित्ता सेयर, महालक्ष्मी विकास बैंकको १.९६ प्रतिशत स्वामित्व तथा ७ लाख १२ हजार ५०० कित्ता सेयर, सिशु अर्यालको १.६५ कित्ता स्वामित्व तथा ६ लाख कित्ता सेयर, प्रभु क्यापिटलको १.५१ प्रतिशत स्वामित्व तथा ५ लाख ४९ कित्ता सेयर, राजनप्रसाद सुवेदीको १.४६ प्रतिशत स्वामित्व तथा ५ लाख ३० हजार कित्ता सेयर, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टको १.३७ प्रतिशत स्वामित्व तथा ५ लाख कित्ता सेयर, मोहनलाल अग्रवालको १.१० प्रतिशत स्वामित्व तथा ४ लाख कित्ता सेयर, विराटकुमार श्रेष्ठको १.०६ प्रतिशत स्वामित्व तथा ३ लाख ८४ हजार ३०० कित्ता सेयर र देवीप्रसाद भट्टचनको १.०५ प्रतिशत स्वामित्व तथा ३ लाख ८२ हजार ७५१ कित्ता सेयर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.