लक्ष्मी सनराइज बैंकले दशैँ बिदामा पनि सेवा दिने, यी शाखा खुला हुने

  २०८१ असोज २३ गते १५:४१     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो ।

बैंकका अनुसार कोशी प्रदेशमा असोज २४ गते इटहरी, विराटनगर (हनुमान दास रोड), दुहवी, विर्तामोड, सुरुङ्गा, असोज २५ गते विराटनगर (हनुमान दास रोड), धरान, दमक, असोज २७ गते इनरुवा, काकरभिट्टा, असोज २८ गते विराटनगर र भुम्का शाखाबाट सेवा दिने बैंकले जनाएको छ ।

मधेश प्रदेशका वीरगंज (आदर्शनगर), जनकपुर (भानु चोक), वीरगंज (लिङ्ग रोड), लहान शाखाबाट सेवा दिनेछ । यस्तै बागमती प्रदेशमा (उपत्यका भित्र) हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी, सुकेधारा, तिनकुने, पुरानो बानेश्वर, खुशिबु, भक्तपुर (सल्लाघारी), बौद्ध र उपत्यका बाहिर नारायणघाट (लायन्स चोक) शाखाबाट सेवा दिनेछ ।

यस्तै गण्डकी प्रदेशमा पोखरा न्यूरोड, औद्योगिक क्षेत्र, दमौली, पोखरा (अमरसिंह), रजहर पोखरा (चिप्लेढुङ्गा), सुन्दरबजार, वालिङ र बाग्लुङ शाखा, लुम्बिनी प्रदेशमा कोहलपुर, सुनवल, भैरहवा, रामपुर, नेपालगंज (कारकाँदो चोक, तौलीहवा, घोराही, तुल्सीपुर, बुटवल (मिलन चोक) शाखाबाट सेवा दिने बैंकको भनाइ छ ।

कर्णाली प्रदेशमा मुसिकोट, विरेन्द्रनगर, श्रीनगर, छिञ्चु शाखा र सुदूरपश्चिम प्रदेशका महेन्द्रनगर, धनगढी (एलएन चोक), सुख्खड, धनगढी (शहिदगेट) शाखाबाट सेवा दिने बैंकले बताएको छ ।

यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.