दशैंअघिको अन्तिम कारोबारको दिन नेप्से ४.८५ अंकले बढ्यो

  २०८१ असोज २३ गते १५:५५     विकासन्युज

काठमाडौं । दशैंअघिको अन्तिम कारोबारको दिन आज (बुधबार) सेयर बजार परिसूचक झिनो अंकले बढेको छ ।

आज ४.८५ अंकले बढेर बजार २ हजार ६६८.१७ बिन्दुमा बन्द भएको छ । आज ८३ लाख १२ हजार ६८५ कित्ता सेयर खरिद बिक्रीबाट ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन यूनाइटेड मोदी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ ।

बुधबार १३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको मूल्य घटेको छ । ११ वटाको मूल्य स्थिर रहेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.