ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

  २०८१ असोज २३ गते १६:३७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेको नेपालीहरूले माइजोईको रेमिटेन्स एपबाट सहज रूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेको र माइजोईसँग साझेदारी गर्न पाउँदा बैंक उत्साहित भएको बताए ।

यसैगरी, माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारहरूले आफ्ना प्रियजनहरूलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यो यात्रा सुरु गर्न पाउँदा खुसी लागेकाे जानकारी दिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

युएईबाट ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरि रहेको आइएमई लिमिटेडको पचास हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।

साथै, यसै सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.