दशैँमा राष्ट्रपति पौडेलको मन्दीर दौडाहा (फोटो फिचर)

  २०८१ असोज २५ गते २०:०७     विकासन्युज

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाएका छन् । बडादसैँको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।

साथै आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा ।

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा ।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्नुहुँदै ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको मैतिदेवी मन्दिरमा पूजाअर्चना गर्दै ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको नक्साल भगवती मन्दिरमा ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको नक्साल भगवती मन्दिरमा ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा ।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको भद्रकाली मन्दिरमा पूजाअर्चना गर्दै।

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौंको गुहेश्वरी मन्दिरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.