अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अधिकांश देशको मुद्राको भाउ बढ्यो

  २०८१ असोज २६ गते ८:०३     विकासन्युज

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत भदौमा डलरको मूल्य १३४.६८ रुपैयाँमा कारोबार भएको थियो ।

युरोपियन यूरोको एकको खरिदर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.४७ रुपैयाँ र बिक्रीदर १५७.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.३० रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४२ रुपैयाँ र बिक्रीदर ९७.८५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.७२ रुपैयाँ र बिक्रीदर १०३.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९३ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९१ रुपैयाँ र बिक्रीदर १२.९७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६६ रुपैयाँ र बिक्रीदर १९.७४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७० रुपैयाँ र बिक्रीदर ४३९.६६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९६ रुपैयाँ र बिक्रीदर ३५७.५५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.