सन नेपालको दशैँ फोटो प्रतियोगिताः टिकाको फोटो पोष्ट गरी १० हजार रुपैयाँ जित्ने मौका

  २०८१ असोज २६ गते ८:२९     विकासन्युज

काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ’हाम्रो परिवार हाम्रो दशैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी माझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस प्रतियोगितामा भाग लिनको लागि सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फलो गरि आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टिकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरि क्याप्सनमा दशैँको मिठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नु पर्नेछ ।

फोटो पोष्ट गर्दा ह्याश ट्याग हाम्रो दशैँको टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेहरू मध्ये एक भावशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले जनाएको छ । दशैँको टिकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.