रेकर्ड बिन्दुमा स्थिर रह्यो अमेरिकी डलर, खाडी बाहेक अधिकांश देशको मुद्राको भाउ बढ्यो

  २०८१ असोज २८ गते ७:१५     विकासन्युज

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य रकेर्ड बिन्दुमा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

तर, खाडी मुलुक बाहके अधिकांश देशको विदेशी मुद्राको भाउ भने बढेको देखिन्छ । युरोपियन यूरोको एकको खरिदर १४६.७९ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.३७ रुपैयाँ र बिक्रीदर १७६.१५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.५६ रुपैयाँ र बिक्रीदर १५७.२६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.५९ रुपैयाँ र बिक्रीदर ९१.०० रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.८५ रुपैयाँ र बिक्रीदर १०३.३१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०८ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०४ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९५ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९४ रुपैयाँ र बिक्रीदर १३.०० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६८ रुपैयाँ र बिक्रीदर १९.७६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.७८ रुपैयाँ र बिक्रीदर ४४०.७४ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९७ रुपैयाँ र बिक्रीदर ३५७.५६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.