दशैं सकिएपछि तोलामा १४ सयले बढ्यो सुन

  २०८१ असोज २९ गते ११:३३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा दशैं सकिएपछि सुनको मूल्य तोलमा १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायीका अनुसार मंगलबार तेजाबी सुनको मूल्य १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दशैंअघिको अन्तिम कारोबार दिन असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.