दशैँ पछिको पहिलो कारोबारः बजार ३१ अंकले बढ्यो, २ कम्पनीको मूल्यमा सकरात्मक सर्किट

  २०८१ असोज २९ गते १५:१८     विकासन्युज

काठमाडाैँ । दशैँ पछिको पहिलो कारोबार भएको दिन आज मंगलबार सेयर बजार परिसूचन नेप्से १.१७ प्रतिशतले वृद्धि भएको छ । आज ३१.४८ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ६ सय ९९.६६ बिन्दुमा रोकिएको छ ।

यस दिन ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेचबाट ३ अर्ब ६ करोड २३ लाख बढीको कारोबार भएको छ । आज २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज जानकी फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यसैगरी, मल्टिपर्पाेज फाइनान्स, समृद्धि फाइनान्स र एनआईबीएल समृद्धि फण्ड २ को सेयर मूल्य क्रमशः ९.३२, ६.८४ र ६.७४ प्रतिशतले वृद्धि भएको छ ।

यस दिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र एनआरआईसी इन्फ्राइस्टक्चर डेभलपमेन्ट कम्पनीको कारोबार सर्वाधिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.