२०८१ असोज ३० गते ७:०१ विकासन्युज
काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
साथै बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा सोही ब्याजदर नै थियो ।
बैंकको आधारदर ७.२४ प्रतिशत छ भने स्प्रेडदर भने ४ प्रतिशत रहेको छ । यसअघि बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको थियो । बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्ने देखिन्छ ।
बैंकले कर्जा प्रवाह गर्दा ०.२५ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । साथै बैंकले स्थिर कर्जाको ब्याजदर ८.४९ प्रतिशत तोकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.