थप घट्यो बैंकहरूको ब्याज, १० बैंकले घटाउँदा ९ बैंकले राखे स्थिर

  २०८१ असोज ३० गते ९:५५     विकासन्युज

काठमाडौं । कात्तिक महिनामा अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाएका हुन् ।

विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार कात्तिकमा १० बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ०.१८ प्रतिशत घटेर औसत ६ प्रतिशतमा झरेको छ । यस्तै संस्थागततर्फ भने औसत ०.२१ प्रतिशत घटेर औसत ४.९७ प्रतिशतमा झरेको हो ।

कात्तिक महिनाका लागि कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन् ।

यस्तै एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका हुन् ।

कात्तिकमा अधिकांश अधिकांश बैंकले ब्याजदर स्थिर र केही बैंकले घटाउँदा सानिमा बैंकले भने ब्याजदर बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.