तिरुवनन्तपुरम विमानस्थलमा अडानी समूहको १३०० करोड लगानी, वार्षिक १२ करोड यात्रुलाई सेवा दिने

  २०८१ असोज ३० गते ११:१२     विकासन्युज

काठमाडाैं । अडानी एयरपोर्ट होल्डिंग्स लिमिटेड (एएएचएल) ले सन् २०२७ सम्ममा तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल (टीआरभी) को विस्तारका लागि १३०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले ‘टीआरभी) ग्रोथ कन्क्लेभ’ मा यो घोषणा गरेको हो । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा ट्राभल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

विमानस्थलको सुविधामा उल्लेख्य वृद्धि गर्ने उद्देश्यले यस आयोजनालाई ‘प्रोजेक्ट अनन्त’ नाम दिइएको अडानी विमानस्थलले जनाएको छ । नयाँ टर्मिनल केरलाका प्रतिष्ठित मन्दिरहरूको आधारमा डिजाइन गरिनेछ । हाल यो विमानस्थल ४५ हजार वर्गमिटरमा फैलिएको छ र यसले वार्षिक ३२ लाख यात्रुलाई सेवा दिन्छ । विमानस्थलको डिजाइनमा क्यास्केडिङ स्टेप्स र टेरेस्ड स्तरहरू समावेश हुनेछन् ।

नयाँ टर्मिनलमा प्लाजा, होटल, अतिरिक्त प्रशासनिक ठाउँ र सुधारिएको कार पार्किङ सुविधा सबै एकै ठाउँमा हुनेछ । विमानस्थलको विस्तारपछि यसको आकार ४५ हजार वर्गमिटरबाट १ लाख ६५ हजार वर्ग मिटर पुग्ने छ । यसपछि यसले हरेक वर्ष करिब १२ करोड यात्रु ह्याण्डल गर्न सक्नेछ ।

अन्य अपग्रेडहरूमा एयरपोर्टमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय कार्गो कम्प्लेक्स र रिमोट चेक–इन विकल्प समावेश छ । यी सबैले आधुनिक एयरपोर्ट अनुभवमा योगदान पुर्‍याउने विश्वास छ । अडानी एयरपोर्ट होल्डिङ्स लिमिटेडले अक्टोबर २०२१ मा तिरुवनन्तपुरमको अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन, व्यवस्थापन र विकासको जिम्मा लिएको थियो ।

तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थल राज्यको चार विमानस्थलमध्ये पहिलो हो । सन् १९३२ मा सुरु भएको यो एयरपोर्ट पहिले भारतीय एयरपोर्ट्स अथोरिटीको स्वामित्व र सञ्चालनमा थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.