सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार

  २०८१ असोज ३० गते ११:१२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य तोलमा १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

बजारमा मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.