२०८१ असोज ३० गते १२:४२ विकासन्युज
काठमाडाैँ। लिवर्टी ईनर्जी कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनका लागि बोर्डबाट स्विकृति पाएको जनाएको छ ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको हो ।
हाल कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद सेयर विक्रीबाट ७५ करोड रुपैयाँ प्राप्त भएसँगै कम्पनीको कुल चुक्ता पुँजी २ अर्ब २५ करोड पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.