१० विकास बैंकको ब्याजदर स्थिर, ३ बैंकले घटाउँदा सांग्रिलाले बढायो ब्याज

  २०८१ असोज ३० गते १२:५६     विकासन्युज

काठमाडौं । कात्तिक महिनामा तीनवटा विकास बैंकले ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि नारायणी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

नारायणी डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ७.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । यअसघि असोजमा बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

तीन वटा विकास बैंकले घटाउँदा र अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा सांग्रिला डेभलपमेन्ट बैंकले भने कात्तिकमा ब्याजदर बढाएको छ । सांग्रिला बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको छ । जबकी यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

कात्तिकमा १० वटा विकास बैंकले भने ब्याजदर स्थिर राखेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार विभिन्न १० विकास बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेका हुन् । गरिमा विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सिन्धु विकास बैंक, मितेरी डेलभपलमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका हुन् ।

कर्णाली डेभलपमेन्ट बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै सिन्धु विकास बैंकले व्यक्तिगततर्फ ७.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको छ ।

कामना सेवा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेलभपलमेन्ट बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् । गरिमा, ज्योति, मुक्तिनाथ, महालक्ष्मी, लुम्बिनी विकास बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेका छन् । यसअघि असोजमा यी बैंकहरूले सोही ब्याजदर तोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.