बैंकिङ प्रणालीमा रकम थुप्रिएपछि राष्ट्र बैंकले १ खर्ब उठाउँदै

  २०८१ कार्तिक १ गते ८:०१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले१ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार एक खर्ब रुपैयाँ खिच्न लागेको हाृे ।

निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आज एक खर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम बोल गर्न सकिनेछ ।

उक्त रकमको सावा र व्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले कात्तिक १४ गते फिर्ता दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.