२०८१ कार्तिक १ गते १०:५० विकासन्युज
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सन मेडिकेयर : आपतमा राहत नामको बीमा सुविधा ल्याएको छ । कम्पनीले बीमितको आकस्मिक स्वास्थ्य आपतमा आर्थिक राहत उपलब्ध गराउन यो सुविधा ल्याएको जनाएको छ ।
यो आफैमा प्राथमिक बीमा पोलिसी भने होइन । यो राइडर पोलिसि भएको कम्पनीले जनाएको छ । अर्थात अन्य बीमा पोलिसीजस्तै सावधिक जीवन बीमा, बाल समृद्ध जीवन बीमा, म्यादी जीवन बीमाजस्ता बीमा योजना खरिद गरेको अवस्थामा यो पोलिसी पनि सँगै लिन सकिेन्छ ।
यस योजनाले कभरेज गर्ने दुर्घटना तथा रोगहरू
१. सडक, घर वा कार्यालय स्थलमा हुने दुर्घटना
२. एपेन्डिसाइटिस
३. प्यान्क्रियाटाइटिस
४. हृदयघात
५. मस्तिष्कघात
६. विद्युतीय तथा अन्य जलन
७. डुबान
८. खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण
९. आन्द्रामा रगत बग्ने
१०. कीरा/सर्प टोकाइ
११. तापघात
१२. मस्तिष्कमा चोट
१३. गर्भाशय बाहिरको गर्भ
१४. मानसिक स्वास्थ्य संकट
१५. घाउमा संक्रमण
कम्पनीले माथि उल्लेखित दुर्घटना तथा रोगहरू लागेको खण्डमा एक लाख रुपैयाँ बीमितलाई भुक्तानी दिन्छ । बिरामीको शल्यक्रिया गरिएको अवस्थामा अस्पतालमा रहँदा २ दिनसम्म २५ हजार रुपैयाँका दरले कुल ५० हजार रुपैयाँ बीमा कम्पनीले भुक्तानी दिने जनाएको छ । त्यसपश्चात थप ५ दिनसम्म दैनिक १० हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ भुक्तानी कम्पनीले बीमितलाई दिन्छ ।
शल्यक्रियाबिना अस्पतालमा रहँदा हरेक १० दिनसम्म १० हजार रुपैयाँका दरले एक लाख रुपैयाँ कम्पनीले भुक्तानी दिने कम्पनीले बताएको छ । यसका लागि १ हजार ३९३ रुपैयाँ वार्षिक बीमाशुल्क तिरेर यो पोलिसी खरिद गर्नुपर्ने हुन्छ । यो राइडर सुविधा खरिद गरेको हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । नवीकरणको मूल्य पनि १ हजार ३९३ रुपैयाँ नै पर्ने गर्दछ । अर्थात हरेक दिन ३ रुपैयाँ ८१ पैसा जम्मा गरेर यो सुविधा खरिद गर्न सकिने छ ।
यस कारण लिने सन मेडिकेयर सुविधा
बीमा कम्पनीले यो सुविधा लिनुका कारणहरू पनि खुलाएको छ । बीमा कम्पनीले आकस्मिक स्वास्थ्य समस्याहरूको लागि यो सुविधा आवश्यक रहेको बताएको छ । अचानक देखा पर्ने रोग, चोटपटक, दुर्घटनालगायतमा यो सुविधा अतिआवश्यक छ । आपतकालीन अवस्थामा तत्काल उपचारको आवश्यकता हुन्छ, जसका लागि यो सुविधा जरुरी पर्न सक्छ । सन नेपालको यो राइडर सुविधाले धेरैलाई राहत मिल्नसक्ने बताएको छ ।
अस्पताल रहँदा तत्काल आर्थिक सहायता प्रदान गर्न पनि यो राइडर सुविधा आवश्यक छ । अस्पताल भर्ना हुने समयमा आर्थिक सहायताको आवश्यकता पर्न सक्छ, विशेषगरी नगद उपलब्ध नभएको अवस्थामा बीमाले अस्पताल भर्ना भइसकेपछि उपचारको लागि आवश्यक रकम तुरुन्तै उपलब्ध गराउँछ, जसले गर्दा बिरामी र परिवारले वित्तीय चिन्ता लिनु पर्दन ।
चिकित्सा खर्च धेरैजसो अप्रत्यासित हुन्छ, जसले वित्तीय तनाव निम्त्याउन सक्छ । बीमा कम्पनीको यो सुविधाले यस्ता अप्रत्यासित खर्चहरूको भारलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ, जसले गर्दा उपचार र स्वास्थ्य सेवामा गुणस्तरको कमी आउँदैन र आर्थिक समस्यासँग जुध्नु पर्दैन । नेपालको लागि अग्रगामी बीमा समाधानका लागि पनि यो सुविधा आवश्यक छ । सबैलाई वर्ग तथा समुदायलाई बीमामा जोड्नका लागि पनि यो बीमा योजना आवश्यक रहेको बीमा कम्पनीको भनाइ छ ।
मेडिकेयरका विशेषताहरू
१. अन्य स्वास्थ्य बीमा योजनाभन्दा फरक योजना हो । देशको कुनै पनि अस्पतालमा भर्ना भएपछि यो योजनाअन्तर्गत भुक्तानी पाइन्छ
२. बिलको खर्चभन्दा पनि अस्पताल भर्ना भएको आधारमा दाबी भुक्तानी पाइन्छ
३. अस्पतालबाट डिस्चार्ज भएको ३० दिनसम्म दाबी पेस गर्न सकिने
४. यो सुविधा पाउनका लागि अस्पतालमा २४ घण्टा भर्ना भएको हुनुपर्ने छ
५. यो राइडर सुविधा हरेक वर्ष नवीकरण गर्न सकिन्छ
दाबी भुक्तानी लिने प्रक्रिया
दाबी भुक्तानीका लागि बीमितले बीमा कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । निवेदनमा बीमालेख नम्बर, उपचारको प्रकार, अस्पताल भर्ना भएको मिति र डिस्चार्ज भएको मिति उल्लेख गर्नुपर्ने हुन्छ ।
यसैगरी, बीमितको नागरिकताको फोटोकपी, इमर्जेन्सी टिकट, एडमिसन र डिस्चार्ज समरी, मेडिकल रिपोर्ट, बीमितको बैंक खाताको चेकको फोटोकपी, बैंक खाता नम्बरलगायत उल्लेख गरेर बीमा कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । आफूलाई पायक पर्ने सन नेपालको जुनसुकै शाखामा गएर वा माथि उल्लेख गरिएको कागजात पत्रसहितको निवेदन कम्पनीको क्लेम डिपार्टमा इमेल गर्नुपर्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.