सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६२ हजार ४००

  २०८१ कार्तिक १ गते ११:१४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजीबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.