वालमार्टले भारतबाट बर्सेनि १० अर्ब डलरको सामान किन्ने

  २०८१ कार्तिक १ गते १८:५८     विकासन्युज

काठमाडौं । विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टले चाडपर्वको समयमा भारतीय बजारका लागि ठूलो निर्णय गरेको छ । कम्पनीले भारतमा लोकप्रिय ब्रान्डका खाना र स्न्याक्स उत्पादनको स्रोत बढाउने बताएको छ । जसमा ब्रिटानिया, बिकानो, बदाम, जयन्ती स्पाइसिस र हाइफनका उत्पादनहरू पर्छन् ।

यी उत्पादनहरू दीपावलीअघि अमेरिकी बजारमा उपलब्ध हुनेछन् । वालमार्ट राजस्वको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो । साथै यो विश्वको सबैभन्दा ठूलो रोजगारदाता पनि हो ।

वालमार्टले अमेरिकी ग्राहकहरूले मनपर्ने खाजा र खाद्य उत्पादनहरूको विविध दायरा पाउने बताएको छ । यसमा प्रिमियम चिया, खानाका लागि तयार र फ्रोजन फूड प्रोडक्टका साथै परम्परागत खाजा, मसला र फेस्टिभल प्याकहरू समावेश छन् ।

यो दीपावलीमा ब्रिटानिया र बिकानो उत्पादनहरू उपलब्ध हुनेछन् । रिगल किचन र बदामजस्ता ब्रान्डका उत्पादनहरू अमेरिकामा वालमार्टका ग्राहकहरूका लागि पहिले नै उपलब्ध छन् । जयन्ती स्पाइसिस र हाइफन फूड्सका उत्पादनहरू पनि वालमार्टको ग्रेट भ्यालु ब्रान्ड लेबलअन्तर्गत उपलब्ध छन् ।

कम्पनीले के भन्छ ?

वालमार्टका सोर्सिङका कार्यकारी उपाध्यक्ष एन्ड्रिया अल्ब्राइटले कम्पनी आफ्ना ग्राहकहरूलाई फरक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेकाे दाबी गरिन् । उनका अनुसार सन् २०२७ सम्ममा भारतबाट १० अर्ब डलरको निर्यात पुर्‍याउने वालमार्टकाे लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.