सन नेपाल लाइफले पायो आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र, बीमा क्षेत्रमै पहिलो

  २०८१ कार्तिक १ गते १९:२२     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र पाएकाे छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएकाे हाे ।

कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रले कम्पनीकाे सूचना सुरक्षण व्यवस्थापन प्रणाली (इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम) अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेकाे पुष्टि गरेकाे जनाएकाे छ ।

कम्पनीले नेपालको बीमा ब्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने पहिलाे र एकमात्र जीवन बीमा कम्पनी रहेकाे दाबी गरेकाे छ ।

कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को मान्यता प्राप्त गरेसँगै समयसमयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाएकाे छ ।

साथै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने विश्वास पनि लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.