आरएसडिसी लघुवित्तको लाभांश घोषणा, बोनस सेयरपछि पुँजी एक अर्ब नाघ्दै

  २०८१ कार्तिक २ गते १०:२६     विकासन्युज

काठमाडाैँ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको लाभांश घोषणा गरेको हो ।

समितिले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसैगरी, ०.५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

कम्पनीको हाल ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस सेयरपछि यस लघुवित्तको पुँजी एक अर्ब नाघ्ने भएको छ ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.