इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति 

  २०८१ कार्तिक २ गते १०:३०     विकासन्युज

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख रुपैयाँ र दुहबी नगरपालिकामा एक करोड २० लाख रुपैयाँ र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.