सिटिजन लाइफ इन्स्योरेन्स आठौं वर्षमा प्रवेश, १९ अर्ब बढी लगानी

  २०८१ कार्तिक २ गते १४:०५     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौं वर्षमा प्रवेश गरेको छ । सिटिजनले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो।

यस कम्पनीकाे मूल नारा ‘समृद्धि तपाईंको, साथ हाम्रो’ रहेकाे छ ।

कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छन् । यसैगरी, १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेकाे छ ।

१९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

सिटिजन लाइफले ७ वर्षको अवधिमा जम्मा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने कुल ११ लाख ८९ हजार बीमित रहेका छन् । कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन् ।

कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेकाे छ ।

कम्पनीले सातौं वार्षिकोत्सवका अवसरमा देशैभरका शाखा तथा उपशाखा कार्यालय र प्रधान कार्यालयमार्फत सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दैछ ।

कम्पनीले यस वर्ष बीमा सचेतनालाई विशेष प्राथमिकतामा राखेको छ । यसका साथै कम्पनीका शाखाले अन्य संघसंस्थासँगको सहकार्यमा जीवन बीमासम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ ।

यसैगरी, हालैको अविरल वर्षाका कारण आएको बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति भएकोमा प्रभावित परिवारलाई खाद्यान्न, न्यानो कपडालगायत अन्य राहात सामग्री वितरण गरिने कम्पनीले जनाएकाे छ ।

यसै सन्दर्भमा सिटिजन लाइफले लिएको ‘गो ग्रीन’ पहलअन्तर्गत विभिन्न ठाउँमा वृक्षरोपणसमेत गर्ने भएको छ ।

त्यसैगरी विगतका वर्षझैं यस वर्ष पनि प्रधान कार्यालय र शाखाहरुमा कम्पनीले खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सिटिजन लाइफले हालसम्मको प्रगतिमा साथ दिने ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, सञ्चारकर्मी, व्यवसायीक साझेदार, कर्मचारीलगायत सबैमा कृतज्ञता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.