अमेरिकाले इजरायलमा पठाएको थाड मिसाइल प्रणालीको लगानी कति छ ?

  २०८१ कार्तिक २ गते १९:१०     विकासन्युज

काठमाडाैं । अमेरिकाले इजरायललाई आफ्नो अत्याधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (थाड) पठाउने निर्णय गरेको छ । अक्टोबर १ मा इरानले इजरायलमा गरेको ठूलो मिसाइल आक्रमणपछि यस्तो निर्णय गरिएको हो । यस हमलामा इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले थाड पठाउनुकाे उद्देश्य इजरायलको सुरक्षा सुनिश्चित गर्नु रहेको बताएका छन् । यस अभियानमा करिब १०० अमेरिकी सैनिक पनि तैनाथ हुनेछन् ।

यो खतरनाक मिसाइल प्रणालीको लागत कति छ र यो किन विशेष छ ? आउनुहोस्, यसबारेमा छाेटकरीमा चर्चा गराैं ।

थाड (टीएचएएडी) को अर्थ के हो ?

थाडको अर्थ ‘टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स’ हो । यो एक प्रकारको क्षेप्यास्त्र विरोधी प्रणाली हो । यसलाई अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाएको हो । यसले छोटो, मध्यम र केही हदसम्म लामो दूरीका ब्यालेस्टिक मिसाइललाई आकाशमै नष्ट गर्न सक्छ ।

कंग्रेसनल रिसर्च सर्भिसका अनुसार एक थाड ब्याट्रीले ९५ सेनाले गर्ने काम गर्न सक्न । छ वटा ट्रक-माउन्ट गरिएको लन्चर, ४८ वटा इन्टरसेप्टर (प्रत्येक लन्चरमा आठ), उन्नत राडार निगरानी र एक रणनीतिक फायर तत्वहरू हुन्छन् ।

थाड ब्याट्रीको लागत कति ?

प्रत्येक थाड ब्याट्रीको लागत लगभग १ देखि १.८ बिलियन अमेरिकी डलर रहेकाे छ । यस प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष टोलीको आवश्यक पर्छ । दुई सी-१७ सैन्य यातायात विमानले अलाबामाबाट इजरायलमा थाड उपकरणहरू ढुवानी गरेको जनाइएकाे छ ।

यसले चलिरहेको द्वन्द्वमा अमेरिकाको बढ्दो हस्तक्षेपको संकेत गर्दछ ।

थाडमा हिट-टु-किल प्रविधि

थाडले ‘हिट-टु-किल’ प्रविधि प्रयोग गर्दछ । अर्थात यसले प्रतिद्वन्द्वीको मिसाइललाई सिधै प्रहार गरेर नष्ट गर्छ । यो पुरानो प्याट्रियट एयर र मिसाइल रक्षा प्रणालीभन्दा धेरै ठूलो क्षेत्र कभर गर्न सक्षम छ । यो चाँडै कहीँ पनि तैनाथ गर्न सकिन्छ । यो पृथ्वी भित्र र बाहिर दुवै मिसाइल खतराहरू सामना गर्नसमेत सक्षम छ ।

इजरायलमा थाड मिसाइल प्रणाली किन पठाइयो ?

इरानले हालै गरेको मिसाइल आक्रमणपछि इजरायलले बदला लिने तयारी गरिरहेको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायलको प्रतिक्रिया ‘घातक र आश्चर्यजनक’ हुने चेतावनी दिएकाे छ । इरान सरकारले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको बदला लिन मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.