मर्मत सम्भारपछि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा

  २०८१ कार्तिक २ गते १५:३२     विकासन्युज

मुग्लिन । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा आएको हो ।

उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए । नेपालको पहिलो केवलकार यसै वर्ष नयाँ प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.