रवि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी, अदालतले दियो अनुमति

  २०८१ कार्तिक २ गते १७:३१     विकासन्युज

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

पोखराको सूर्य दर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय च:मतिमा सभापति लामिछानेसहित पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ताहरू पनि भेला भएका छन्।

आज बिहान बसेको विपक्षी दलहरूको बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको संकेत गरेका थिए ।

उक्त बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारीसमेत गरिसकेको छ ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सभापति लामिछानेले सामाजिक सञ्जालमा सरकार मरेकाे उल्लेख गरेका छन् ।

उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी? भन्दै प्रधानमन्त्री ओलीप्रति इंकित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.