पक्राउ पूर्जी जारी भएपछि रविको प्रतिक्रिया : सरकार मर्यो, हामीलाई जुठो पर्यो

  २०८१ कार्तिक २ गते १७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्द पक्राउ पूर्जी जारी भएपछि उनले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् सरकार मर्‍याे, हामीलाई जुठो पर्‍याे भनेर लामो धारणा राखेका छन् ।

उनले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी मेरो हातमा चाहि हतकडी ? तपाइई बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ? भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ उनको धारणा :

सरकार मर्यो, हामीलाई जुठो पर्यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?  तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?

यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । बाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । यो मलाई राम्रो सँग थाहा छ । तपाईंको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईंहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईंहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईंहरुबाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं ।

ठिक छ, म तपाईंहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ । सुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् । अहिलेलाई, सरकार मर्यो हामीलाई जुठो पर्यो । तर, मलाई न्यायलयप्रती आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला । तपाईको सभापतिले कसैलाई ठगेको छैन ।

याे पनि पढ्नूहोस् :

रवि लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी, अदालतले दियो अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.