सहकारी प्रकरण: छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

  २०८१ कार्तिक २ गते १८:०५     विकासन्युज

काठमाडौं । छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

शुक्रबार अदालतले सहकारी प्रकरणमा अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न अनुमति दिएको हो । जाेशीलाई असोज १७ गतेदेखि लागू हुनेगरी उनलाई २० दिन म्याद थप गरेको छ ।

अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

आजै जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.