एआईआरडीसीकाे बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन

  २०८१ कार्तिक २ गते १८:१६     विकासन्युज

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् ।

अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको एआईआरडीसीको वार्षिक साधारणसभाबाट क्षेत्री ट्रस्टीमा चुनिएका हुन् ।
उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् ।

एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षमा बैंकक इन्स्योरेन्सका अध्यक्ष चै सोफोनपनीच चयन भएका छन् भने उपाध्यक्षमा सन्चुएरी इन्स्योरेन्सका म्यानेजिङ डाइरेक्टर पत्रीक कुसीनीयू र कोषाध्यक्षमा मर्चेन्टाईल इन्स्योरेन्सकी डाइरेक्टर इथर सी तन चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.