रविलाई आज अदालत उपस्थित गराइने, सुरक्षा व्यवस्था कडा

  २०८१ कार्तिक ४ गते ७:२५     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछिानेलाई आज अदालतमा उपस्थित गराइने भएको हो ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइने भएको हो । रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ ।

रविको पक्राउविरुद्ध विरोध प्रदर्शन गरेको रास्वपाले आज पनि जारी राख्ने भएको छ । रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । रास्वपाले सडक प्रदर्शन जारी राखेकाले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.