सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको १ लाख ६५ हजार

  २०८१ कार्तिक ४ गते १२:०१     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले वृद्धि भइ एक लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि भने दुई हजार ७५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.