पञ्चकन्या स्टीलले पायो ग्रीनप्रो प्रमाणपत्र

  २०८१ कार्तिक ४ गते १२:२७     विकासन्युज

काठमाडौं । पञ्चकन्या स्टीलको उत्पादन टीएमटी रिब्डबारले सीआईआई ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरे ।

प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेपश्चात कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि भएकाे कम्पनीले जनाएकाे छ ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सीआईआई)–सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.