१० रोपनी १४ आना जग्गा दान कि घुस ? (फोटोफिचर)

  २०८१ कार्तिक ४ गते १३:३९     जुली गिरी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्वीयू क्रान्तिकारीले एमाले पार्टी कार्यालयका लागि सहयाेग संकलन सुरु गरेकाे छ ।

विद्यार्थी संगठनले कर छलेकाे पैसाले नभई जनताको पैसाले पार्टी कार्यालय बनाऊ भन्दै रु १ सहयाेग संकलन गरेकाे हाे ।

अनेरास्वीयू क्रान्तिकारीले प्रदर्शनीमार्गमा आइतबार प्रदर्शन गर्दै सहयाेग संकलन सुरु गरेकाे हाे । प्रदर्शनकाे क्रममा विद्यार्थीहरूले ‘तपाईं जनताकाे प्रधानमन्त्री कि भ्रष्टाचारीकाे ?’,  ‘एक अर्बकाे भवन, मदन भवन कि मीन भवन?’, ‘भ्रष्ट एमालेलाई सकाउनुपर्छ’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेकाे केन्द्रीय कार्यालय बनाउन जग्गा उपलब्ध गराएका थिए । साेही विषयलाई लिएर एमालेकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । व्यवसायी गुरुङले केन्द्रीय कार्यालयका लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन् ।

पार्टी कार्यालय निर्माणका नाममा जग्गा दानमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

एमालेले भने व्यवसायी गुरुङ आफ्नाे कार्यकर्ता रहेको भन्दै उक्त विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी नगर्न आग्रह गरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.