म्याद थपका लागि अदालतमा उपस्थित भए सभापति लामिछाने

  २०८१ कार्तिक ४ गते १४:०१     विकासन्युज

काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराएकाे छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो । सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रक्रियालाई सहयोग गरिदिन अनुराेध गरेका थिए ।

अदालत बाहिर रास्वपाका नेता तथा कार्यकर्ता भेला भएका छन् ।

लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे थियाे ।

पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ ।

रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.