दुई महिनामै यी पाँच बैंकको अर्ब बढी नाफा, कुन-कुन बैंक खस्किए ?

  २०८१ कार्तिक ४ गते १५:३८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले साउन र भदौमा सो नाफा गरेका हुन् ।

यो अवधिमा सबैभन्दा बढी नाफा गर्ने नबिल बैंक रहेको छ भने दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । नबिलले दुई महिनाको अवधिमा १ अर्ब ६६ करोड, ग्लोबल आइएमईले १ अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४१ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, कुमारी बैंकले यो अवधिमा १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

५ वटा बैंकले दुई महिनामा एक अर्ब बढी नाफा गरेका हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्राइम कमर्सियल बैंकले ९७ करोड, प्रभुले ९१ करोड, कृषि विकासले ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड, लक्ष्मी सनराइजले ८६ करोड, एभरेष्टले ८२ करोड र एनएमबिले ७८ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, सानिमा बैंकले ६८ करोड, नेपाल बैंकले ६७ करोड, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड, सिद्धार्थले ६० करोड, सिटिजन्सले ५८ करोड, एनआईसी एसियाले ५७ करोड, नेपाल एसबिआईले ५३ करोड र माछापुच्छ्रे बैंकले ३९ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.