२ महिनामा विकास बैंकको खुद नाफा १ अर्ब ६४ करोड, ६ वटा घाटामा

  २०८१ कार्तिक ४ गते १६:३३     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ) मा विकास बैंकहरूले १ अर्ब ६४ करोड ७९ लाख खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ६ वटा विकास बैंकले घाटा बेहाेर्दा ११ वटाले नाफा आर्जन गरेका छन् ।

जसमध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मुक्तिनाथले साउन र भदौमा ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी, गरिमा विकास बैंकले २८ करोड ८९ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख, ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख, महालक्ष्मी विकास बैंकले १७ कराेड १४ लाख, साङ्ग्रीला डेभलपमेन्ट बैंकले १४ करोड ३० लाख, र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख, सालपा डेभलपमेन्टले ४८ लाख, कर्पाेरेट डेभलपमेन्ट बैंकले ३८ लाख रूपैयाँ खुद नाफा संकलन गरेका छन् र

घाटा बेहाेर्नेहरूकाे शीर्ष स्थानमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेल डेभलपमेन्टलाई ६ करोड ८३ लाख घाटा लागेको छ । कर्णाली विकास बैंकलाई १ करोड ८३ लाख, नारायणी डेभलपमेन्टलाई १ करोड १६ लाख, मितेरी डेभलपमेन्टलाई ८४ लाख, सिन्धी विकास बैंकलाई ६३ ला र सप्तकोशी डेभलपमेन्ट बैंकलाई ३६ लाख रुपैयाँ घाटा लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.