जीवन विकास लघुवित्तबाट ८ संस्थापक बाहिरिँदै, मूल्य ६ सय रुपैयाँ

  २०८१ कार्तिक ५ गते ७:१६     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट एकैपटक विभिन्न ८ संस्थापक बाहिरिने भएका छन् । लघुवित्तका विभिन्न ८ संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने भएका हुन् ।

विभिन्न ८ संस्थापक सेयरधनीको ३ लाख ५४ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्तले जनाएको छ । लघुवित्त संस्थाले बिक्रीमा राखिएको उक्त संस्थापक सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ६ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी तोकि आवेदन दिनुपर्नेछ ।

लघुवित्तको सेयरमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.