को थिए उद्योगपति टाटासँग १५ करोड घुस माग्ने मन्त्री ?

  २०८१ कार्तिक ५ गते १३:५४     विकासन्युज

काठमाडौं । चर्चित उद्योगपति रतन टाटाकाे निधनपछि उनकाे व्यावसायिक साम्राज्यकाे विषयमा चर्चाहरु भइरहेका छन् । एउटा अग्रणी उद्याेगपति भएपनि उनकाे साधारणा जीवनशैलीले धेरैको बहसको विषय बनेका छन् ।

रतन टाटाले स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र समाज कल्याणमा नाै हजार कराेड भारुभन्दा धेरै बढी दान दिएकाे विभिन्न रिपाेर्टहरूले देखाउँछ । जुन रकम भारतका धेरै उद्योगपतिहरूको कुल सम्पत्ति बराबर हुन आउँछ ।

अहिले सामाजिक सञ्जालमा टाटाका पुराना अन्तर्वार्ताहरू भाइरल बनिरहेका छन् ।  अन्तर्वार्तामा उनले एक उद्योगीले व्यापार सम्झौताका लागि मन्त्रीलाई १५ करोड भारु घुस दिने सल्लाह दिएको बताएका छन् ।

सन् २०१० मा भारतीय सञ्चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्ताका क्रममा रतन टाटाले एक उद्योगपतिले उनलाई एक मन्त्रीलाई १५ करोड रुपैयाँ दिने सल्लाह दिएकाे उल्लेख गरेका थिए । उक्त घुसले उनीहरूको व्यापार सम्झौतालाई अन्तिम रूप दिने बताएका थिए । यद्यपि, उनले उद्योगी र मन्त्रीको नाम भने गाेप्य नै राखेका थिए ।

अहिले भारतीय सञ्चार माध्यममा उनीसँग घुस माग गर्ने मन्त्री को थिए भन्ने विषयले प्राथमिकता पाएको छ । तर, घुस माग गर्ने मन्त्रीको पहिचान भने हुन सकेको छैन ।

उद्योगपतिले टाटालाई के दिएका थिए सल्लाह ?

टाटाले अन्तर्वार्तामा भनेका थिए, ‘ती उद्योगपतिले मलाई भने, ‘तिमीले मन्त्रीलाई पैसा किन नदिने ? उनले १५ करोड रुपैयाँ मागेका छन् । तपाईं मान्छे एक एयरलाइन्स चाहनुहुन्छ, हैन ? एयरलाइन्स चाहियो भने १५ करोड दिनूहोस् ।’

उक्त अन्तर्वार्ताकाे क्रममा रतन टाटालाई भ्रष्टाचार कसरी रोक्ने भनी सोधिएको थियो । उनले भ्रष्टाचार रोक्न हामी आफैँ इमान्दार हुनुपर्ने बताएका थिए ।

नैतिक मूल्यहरू सर्वोपरि

रतन टाटाले जीवनमा नैतिक मूल्यलाई सधैं सर्वोपरिमा राखे । उनको सादगी र इमान्दारिताको उदाहरण आज पनि मानिसहरूले दिन्छन् । यो घटनाले उनी कति सिद्धान्तवादी थिए भनेर देखाउँछ । उनका लागि देश र समाजको कल्याण सबैभन्दा महत्त्वपूर्ण थियो । उनी जतिसुकै कठिनाइ आए पनि सधैं सही ढंगले काम गर्नुपर्छ भन्थे ।

रतन टाटाको यस महिनाको सुरुमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ८६ वर्षकाे उमेरमा निधन भएकाे थियाे । उनी एक प्रसिद्ध भारतीय उद्योगपति थिए । उनले टाटा समूहलाई नयाँ उचाइमा पुर्‍याए । उनको नेतृत्वमा टाटा समूहले भारत र विश्वभर धेरै क्षेत्रमा आफ्नो छाप छोड्न सफल भएकाे छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.