थ्रीस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

  २०८१ कार्तिक ६ गते ११:००     विकासन्युज

काठमाडाैं । थ्रीस्टार हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी ४९ कराड २५ लाख रुपैयाँको शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । उक्त हकप्रदबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानीका लागि खर्च गर्ने कम्पनीले जनाएको छ ।

बाँकी १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना ९९ मेगावाटका लागि आवश्यक स्वपुँजीमा लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

विद्युत नियमन आयोगवाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी साधारणसभामा अनुमोदनको लागि पेस गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.