ढकमक्क मखमली, फूल टिप्न र माला उन्नमा व्यस्त किसान (फोटोफिचर)

  २०८१ कार्तिक ६ गते १३:०१     जुली गिरी

काठमाडौं । भक्तपुरका गाउँमा मखमली फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा गरिएको मखमली फूलखेतीले त्यहाँका फाँटहरू राताम्मे देखिएका छन् ।

भक्तपुरका गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा व्यावसायिक फूलखेती भइरहेको छ ।

तिहार नजिकिँदै जाँदा व्यावसायिक फूलखेती गर्नेहरूले माला बनाउन सुरु गरिसकेका छन् ।

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका अधिकांश किसानमात्रै नभइ अन्य क्षेत्रका मानिस पनि जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् ।

किसानहरूले दिनमै डेढ लाखको व्यापार हुने गरेको बताएका छन् । फूलको व्यापार क्रमशः बर्सेनि घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाका कारण किसानसँग व्यापारीहरूको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरूलाई फर्काइदिने गरेको किसानले गुनासाे गरे ।

सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरूको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको उनीहरूकाे भनाइ छ ।

सूर्यविनायक नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको छ ।

तस्बिरहरू:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.