मंगलबार २५ अंकले बढ्यो सेयर बजार, गुडविल फाइनान्सको सेयर धेरै कारोबार

  २०८१ कार्तिक ६ गते १५:२०     विकासन्युज

काठमाडाैँ । साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको २ दिन लगातार घटेको बजार आज २५.८८ अंकले बढेको हो ।

आज १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबारमा आएका १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा आज ४० कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

यस दिन रवा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ८.८६ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । गुडविलको १७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार हुँदा कुमारी बैंकको १३ करोड ८० लाख र हिमालय रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यस साताको पहिलो दिन आइतबार र सोमबार लगातार सेयर बजार परिसूचक नेप्से घटेको थियो । उक्त दुई दिनमा १०५ अंकभन्दा बढीले घटेको बजार आज भने वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.