दिल्लीबाट काठमाडौं आएको जहाजमा बम रहेको हल्ला, विमानस्थलमा उडान-अवतरण रोकियो

  २०८१ कार्तिक ६ गते १७:३९     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएसँगै विमानस्थलबाट उडान-अवतरण रोकिएकाे छ ।

भिस्तारा एयरवेजको जहाज भारतको नयाँदिल्लीबाट काठमाडौं अवतरण थियाे । जहाजमा बम रहेको भन्ने जानकारी दिल्लीबाटै आएकाे बताइएकाे छ ।

जहाज १५७ जना यात्रु बोकेर काठमाडौं उत्रिएकाे थियाे ।

अहिले नेपाली सेनासहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको विमानस्थल स्रोतले जनाएकाे छ । स्रोतका अनुसार अहिलेसम्म केही देखिएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.